२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता

पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता

गण्डकी टाइम्स
बुधवार, पौष २८ २०७८
गण्डकी टाइम्स
बुधवार, पौष २८ २०७८
  • काठमाडौं, २९ पुस । धादिङको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको जानकारी दिएका छन । ‘चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको भनेर स्थानीयले खबर गर्नु भएको छ,’ एसपी सिंहले भने, ‘विस्तृत विवरण आइसकेको छैन ।’

    घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइनसकेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij