यी हुन् अर्वौं रकम झ्वाम पारेर फरार भएका मदिरा व्यवसायी अभिषेक अग्रवाल
यी हुन् अर्वौं रकम झ्वाम पारेर फरार भएका मदिरा व्यवसायी अभिषेक अग्रवाल
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २८ पुस। विभिन्न बैंक, सहकारी र मिटरव्याजी समेतबाट डेढ अर्व रुपैयाँ भन्दा बढी रकम उठाएर मदिरा आयातकर्ता व्यवसायी अभिषेक अग्रवा र अमित अग्रवाल फरार भएका छन् ।
अभिअमि, भिन्याट, ग्रीनलाइन सेन्टर प्रालिलगायतका सञ्चालक रहेका अग्रवालद्वयले नेपाली बैंक तथा वित्तीय संस्थासहित विभिन्न व्यक्तिहरुसँग समेत ठूलो मात्रामा कर्जा लिएर फरार भएको बताइएको छ ।
जनकपुरनिवासी अग्रवालद्वयका सम्पूर्णमा परिवार भारतमा बसोबास गरिरहेका छन् । नेपाली बैंक तथा वित्तीय संस्था र व्यक्तिसँग समेत ऋण लिएर उनीहरू पनि भारत छिरेको अनुमान गरिएको छ ।
लामो समयदेखि विदेशी मदिरा आयात गरी विक्रीवितरण गर्दै आएको उनीहरूले पछिल्लो समय घर–जग्गा र अपार्टमेन्टहरूमा समेत लगानी गरेको बुझिएको छ ।
सो क्रममा उनीहरुले नेपालका केही बैंक, सहकारी र व्यक्तिहरूसँग समेत करोडौं रुपैयाँ ऋण लिएको खुलेको छ ।
उक्त पैसा नतिरिकनै अग्रवालद्वय फरार भएपछि ऋणदाता बैंक, सहकारी र व्यक्तिहरू समस्यामा परेका छन् । कतिपय बैंकहरूले व्यवसायका आधारमा धितो भन्दा बढी कर्जा प्रवाह गरेको समेत पाइएको छ ।
नेपालमा विदेशी तथा नेपाली चलेका मदिरा विक्री गर्नेमा ग्रीनलाइनलगायत अग्रवालका अन्य मदिरा स्टोर्स अग्रस्थानमा पर्दछन् । सोही कारण ग्रीनलाइनलगायत यसका आउटलेटहरूले समेत विभिन्न परिमाणमा कर्जा लिएको खुलेको छ ।
यी स्टोर्सहरूका काठमाडौं र पोखरामा गरी मदिरा विक्रीका लागि विभिन्न नाममा करीब आधादर्जन आउटलेट छन् । कर्जा लिएका कतिपय आउटलेटहरू बेचविखनसमेत भएको पाइएको छ ।
प्रतिक्रिया