२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

गण्डकी टाइम्स
बुधवार, पौष २८ २०७८
गण्डकी टाइम्स
बुधवार, पौष २८ २०७८
  • काठमाडौं, २८ पुस । महानगरीय ट्राफिक महाशाखाले बुधबार देखी ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु –पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ । महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो । पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रबिधीमैत्री बनाउदै बिभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ्, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक सँस्थाहरु र क्युआर कोडबाट समेत जरिवाना तिर्नसकिने प्रणाली संचालनमा छन् । बुधबार एक कार्यक्रमका बिच ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रबिधी “प्रभु–पेको किअस्क मेसिन” उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रबिधीमैत्री बनाउदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए । उनले किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने र यसले बैंकमा गएर लामो समय लाईनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत वचत हुने बताए । आम सेवाग्राहिको सहजताको लागी किअस्क मेसिन जडानको लागी प्रभु–पेलाई धन्यबाद दिँदै थप ट्राफिक कार्यालयहरुमा सेवा बिस्तार गर्न समेत सहयोग हुने अपेक्षा एसएसपी जोशीको छ । ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रबिधीहरुलाई क्रमश परिस्कृत गर्दै आजैदेखी मेसिनमा नगद प्रयोग गरि जरिवाना तिर्न सकिने सेवा शुरु गरेको हो । प्रभु–पेकी अध्यक्ष कुसुम लामाले ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गरि किअस्क मेसिन जडान गरि सेवा बिस्तार गर्न पाउदा खुशी व्यक्त गरिन् । यो मेसिनले बैंकिङ् कारोबार बन्द भएको समयमा समेत सेवा दिने हुनाले ट्राफिक जरिवाना तिर्ने सेवाग्राही बढि लाभान्वीत हुने उनको भनाई छ । हाल ट्राफिक महाशाखा सहित उपत्यकामा ३०९ स्थानमा प्रभु–पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरि अन्य ट्राफिक प्रहरी कार्यालयहरुमा समेत जडान गर्दै जाने अध्यक्ष लामाको भनाई छ । कसरी तिर्ने मेसिनबाट जरिवाना? सर्बप्रथम प्रभु–पेको किअस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरि स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक बर्ष टाइप गरि नेक्सट बटन थिच्नुपर्छ । त्यसपछि देखिने चिट नम्बर लगायतको सुचना चेक गरि नेक्सट बटनमा थोचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्ने र भुक्तानी सफल भए पश्चात प्रिन्ट भएको रसिद सहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ महाशाखाले जनाएको छ । कोरोना संक्रमणको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भिडभाडमा कमी आउनेर कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न समेत यो मेसिनले महत्वपुर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता एव एसपी संजीब शर्मा दासले बताए । ट्राफिक जरिवाना तिर्न बिभिन्न प्रबिधिको बिस्तार गर्ने क्रममा मोबाईल बैंकिङ् वा अन्य अनलाईन प्रबिधीको प्रयोग नगर्ने सेवाग्राहीलाई नगदै पैसा तिर्ने यो मेसिन अत्यन्त सहयोगीसिद्ध हुने उनको भनाई छ । ट्राफिक कार्यालयमा सेवा लिन आउने सम्पुर्ण सेवाग्राहीलाई सहज एवं सरल रुपमा सेवा दिन सधैं तत्पर रहेको र अबका दिनमा समेत थप प्रविधिमा जोड दिने महाशाखाले जनाएको छ । बिभिन्न प्रबिधीको प्रयोग गरि ट्राफिक जरिवाना भुक्तानी गर्न आम सेवाग्राहीलाई ट्राफिक प्रहरी महाशाखाले अनुरोध समेत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij