२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

ह्वात्तै बढ्यो कोरोना संक्रमित, आज मात्र झण्डै १५ सय संक्रमित थपिए

ह्वात्तै बढ्यो कोरोना संक्रमित, आज मात्र झण्डै १५ सय संक्रमित थपिए

गण्डकी टाइम्स
सोमवार, पौष २६ २०७८
गण्डकी टाइम्स
सोमवार, पौष २६ २०७८
  • काठमाडौं, २६ पुस । देशभर थप १४ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ ।

    यही अवधिमा थप २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६०६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । देशभर थप २ लाख १० हजार ५९४ जनाले खोप पनि लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij