२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

भिडभाड हुने स्थानहरूमा कडाइ गर्ने सरकारको तयारी

भिडभाड हुने स्थानहरूमा कडाइ गर्ने सरकारको तयारी

गण्डकी टाइम्स
आइतवार, पौष २५ २०७८
गण्डकी टाइम्स
आइतवार, पौष २५ २०७८
  • काठमाडौँ, २५ पुस । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । सरकारले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य सम्बन्धी थप सतर्कता अपनाउन आग्रह गरेको छ ।

    काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले पनि भिडभाड हुने स्थानहरूमा थप कडाइ गर्ने तयारी गरेका छन् । राजधानी उपत्यकामा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको हो ।

    कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार आफूहरू अगाडि बढ्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको भनाई छ । जनस्तरमा स्वास्थ्य सम्बन्धी मापदण्डको पालना नभएकोले कोरोनाविरूद्ध खोप अभियानलाई तीव्रता दिने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र भिडभाड हुने ठाउँ नियन्त्रण गर्ने उपत्यकाका सिडओहरुको तयारी रहेको छ ।

    यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कोरोना संक्रमणको अवस्थाबारे एक÷दुई दिनमा उपत्यकाभित्रका सिडिओहरू बैठक बस्ने बताएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय भएको बताएका छन् ।

    यस्तै छिमेकी मुलुक भारतमा संक्रमितको संख्या निरन्तर बढ्न थालेपछि खुला सीमा रहेको नेपाल पनि उच्च जोखिममा परेको छ । नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । शनिबार नेपालमा ९६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij