२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

नेपाल प्रहरीका ३४ एसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ३४ एसपीको सरुवा (सूचीसहित)

गण्डकी टाइम्स
आइतवार, पौष २५ २०७८
गण्डकी टाइम्स
आइतवार, पौष २५ २०७८
  • काठमाडौँ, २५ पुस । नेपाल प्रहरीले ३४ जना प्रहरी उपरीक्षक ९एसपी०को सरुवा गरेको छ । गत शुक्रबार २६ एसएसपीको सुरुवा गरेको नेपाल प्रहरीले दुई दिनमै ३४ जना एसपीको सरूवा गरेको हो । प्रहरी प्रधान कार्यालयमा कार्यरत अमरेन्द्रबहादुर सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरूवा गरिएको छ भने गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत अरुण पौडेललाई प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरूवा गरिएको छ । यस्तै काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा कार्यरत अर्जुनप्रसाद तिमिल्सीनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा गरिएको छ । त्यस्तै काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा कार्यरत चक्रराज जोशीलाई जिल्ला प्रहरी कार्याल काभ्रेपलाञ्चोकमा सरूवा गरिएको छ भने जिल्ला प्रहरी कार्याल काभ्रेपलाञ्चोकमा कार्यरत भुपेन्द्रहादुर खत्रीलाई प्रहरी प्रधान कर्यालय जगेडापुल नक्सालमा ल्‍याइएको छ । यस्तै विमानस्थल सुरक्षा कार्यालयका नान्तीराज गुरुङलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा पठाइएको छ भने उनको ठाउँमा हिमालय कुमार श्रेष्ठलाई ल्याइएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत उमाप्रसाद चतुरबेदीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखामा ल्‍याइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij