काठमाडौं, २२ पुस । नारायणहिटी दरबार संग्राहलय परिसरमा रेष्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
बिहीबार मन्त्रीस्तरको निर्णयबाट मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिलाई तीन दिनको म्याद दिइ रायरसुझावसहितको प्रतिवेदन तयार गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
समितिको सदस्यहरुमा मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन् ।