२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणाली ४ बजेदेखि अवरुद्ध हुँदै

सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणाली ४ बजेदेखि अवरुद्ध हुँदै

गण्डकी टाइम्स
बुधवार, पौष २१ २०७८
गण्डकी टाइम्स
बुधवार, पौष २१ २०७८
  • काठमाडौं, २२ पुस । सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणालीको बिहीबार अपरान्ह ४ बजेदेखि सेवा अवरुद्ध हुने भएको छ । अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले २२ पुस अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुन लागेको हो ।

    अदालतमा प्रयोग रहेको सर्भर अपडेट गर्ने प्रयोजनका लागि बिहीबार अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन लगायतका प्रणालीहरूको प्रयोगमा अवरोध आउने भएको जनाउँदै सर्वोच्चले २२ पुसको पेसीमा स्थिति जनाउने लगायतका कार्य अपरान्ह ४ बजे अगावै सम्पन्न गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

    ‘सोही कारणले २३ पुस शुक्रबारसमेत प्रणालीहरूमा केही समस्या आउन सक्ने भएकाले धैर्यता गरिदिनु हुन र लामो समयसम्म समेत प्रणालीमा समस्या भइरहेमा सर्वोच्च अदालतको सूचना प्रविधि शाखामा सम्पर्क गर्न’ अदालतले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij