२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

भिजिबिलिटी कम हुँदा हवाइ उडान प्रभावित

भिजिबिलिटी कम हुँदा हवाइ उडान प्रभावित

गण्डकी टाइम्स
बिहिवार, पौष १५ २०७८
गण्डकी टाइम्स
बिहिवार, पौष १५ २०७८
  • काठमाडौं, १६ पुस । आज विहानैदेखि बाक्लो हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडानहरु बन्द भएका छन ।

    भिजिबिलिटी अत्यन्तै कम भएपछि उडान र अवतरण दुबै बन्द भएको विमानस्थल टर्मिनल कार्यालयले जनाएको छ। कुवेतबाट आएका अल जजिरा एयरलायन्सका दुईवटा विमान झण्डै दुई घण्टादेखि आकाशमै फन्को लगाइरहेका छन्। कतारको दोहाबाट आइपुगेको हिमालय एयरलायन्स र कतार एयरवेजको विमान पनि अवतरणको पर्खाइमा आकाशमै फन्को मार्दैछन्।

    अन्तर्राष्ट्रिय विमान उडान तथा अवतरणका लागि कम्तीमा २ हजार ८ सय मिटरको भिजिबिलिटी आवश्यक पर्छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले भिजिबिलिटी एक सय मिटरको हाराहारीमा मात्रै छ।

    मौसमविद् समीर श्रेष्ठले अहिले हुस्सु र कुहिरो विस्तारै हट्ने क्रममा रहेको र अबको एक घण्टामा भने भिजिबिलिटी पुग्नसक्ने अनुमान गर्न सकिने बताएका छन। उनका अनुसार आन्तरिक विमान उड्न र अवतरण गर्न दुई किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ।

    त्रिभुवन विमानस्थलबाट दैनिक ५० को हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुन्छन भने झण्डै ३ सय आन्तरिक उडानहरु हुने गर्छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij