२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

हिउँमा फसेको एडिबी टोलीको हेलिकप्टरबाट उद्धार

हिउँमा फसेको एडिबी टोलीको हेलिकप्टरबाट उद्धार

गण्डकी टाइम्स
बुधवार, पौष १४ २०७८
गण्डकी टाइम्स
बुधवार, पौष १४ २०७८
  • काठमाडौं, १५ पुुस । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेका एसियाली विकास बैंक (एडिबी)को विशेषज्ञसहितको टोलीलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    श्री एयरलाइन्सको हेलिकप्टरमार्फत् उनीहरुको सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले जानकारी दिएका छन ।

    चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएका पाँच जनालाई काठमाडौं ल्याइएको छ । स्थानीय पथप्रदर्शकसहित अन्य १० जनालाई भने उद्धार गरेर हेलम्बु गाउँपालिका वठा नम्बर २ स्थित एक होटलमा राखिएको अधिकारीले जानकारी दिएका छन।

    एडीबीको विशेषज्ञ नेपाली टोली पहिरो अध्ययन गर्न मेलम्ची खोलाको उद्गमस्थल पुगेको थियो । त्यहाँ बस्दै आएको टेन्ट हिउँ पहिरोले बगाएपछि रातभर ओढारमा बस्नु परेको उनीहरुले बताएका छन् ।

    गत असार १ गते आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा धनजनको व्यापक क्षति भएको थियो । मेलम्ची खानेपानी आयोजनामा पनि पहिरोले क्षति पुर्याएको छ । त्यहाँको भौगर्भिक अवस्था अध्ययनका लागि एडिबीको टोली एक साताअघि त्यता गएको थियो ।

    एडीबी मेलम्ची आयोजनाको प्रमुख ऋणदाता पनि हो । त्यसैले खानेपानी मन्त्रालयको समन्वयमा एडिबीको टोली हेलम्बु क्षेत्रमा पुगेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij