प्रतिनिधिको चर्को बिरोधपछि महाधिवेशनस्थलमा राखिएको प्रचण्डको ‘कटआउट’ हटाइयो
प्रतिनिधिको चर्को बिरोधपछि महाधिवेशनस्थलमा राखिएको प्रचण्डको ‘कटआउट’ हटाइयो
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १२ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनस्थलमा आफ्नो ‘कटआउट’ राखिएको थाहा पाएपछि हटाउन निर्देशन दिएका छन् । प्रचण्डको निर्देशनपछि उनको ‘कटआउट’ स्वयंसेवकहरुले हटाएका छन् ।
पार्टीको ८ औं महाधिवेशन स्थलमा फोटो खिच्नको लागि बनाएको उनको ठुल्ठुला पोस्टर र कटआउट देखेपछि प्रचण्डले तत्काल हटाउन निर्देशन दिएका थिए ।
महाधिवेशनलाई प्रचण्डको कटआउट राखिएकोमा प्रतिनिधिहरुले चाकडीको हद भएको भन्दै पार्टी निर्णय विपरीत अध्यक्षको कटआउट राख्नेलाई कार्वाही गर्न माग गरेका छन् ।
प्रतिक्रिया