श्रृजनशील लघुवित्तले आईपीओ जारी गर्ने
श्रृजनशील लघुवित्तले आईपीओ जारी गर्ने
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ८ पुस । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ३३ लाख दुई हजार ५०० रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले सनराईज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।
बिहीबार एक कार्यक्रमका बीच लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुकशमशेर श्रेष्ठ र सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बिक्री प्रबन्धकको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
क्यापिटलसँग सम्झौता गर्दै कम्पनीले निकट भविष्यमा नै आईपीओ जारी गर्ने जनाएको छ ।
प्रतिक्रिया