२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

चिट चोर्न नदिएको भन्दै अनेरास्ववियुका कार्यकर्ताले कुटे आरआरका प्राध्यापक

चिट चोर्न नदिएको भन्दै अनेरास्ववियुका कार्यकर्ताले कुटे आरआरका प्राध्यापक

गण्डकी टाइम्स
मंगलवार, पौष ६ २०७८
गण्डकी टाइम्स
मंगलवार, पौष ६ २०७८
  • काठमाडौं, ६ पुस । चिट चोर्न नदिएको भन्दै काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसका प्राध्यापक प्रकाश पुडासैनीमाथि कुटपिट भएको छ। उनलाई एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता कुबेर जेठाराले कुटपिट गरेका हुन्। परीक्षा चलिरहेका बेला उनले प्राध्यापक पुडासैनीमाथि कुटपिट गरेको क्याम्पसका उपप्रमुख गोविन्दराज आचार्यले जानकारी दिए। जेठारा प्रध्यापकलाई कुटपिट गरी फरार भएका छन्। चिट नचोर्न आग्रह गर्दा भएको विवादपछि कुटपिट भएको बताइएको छ। स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका उनले शिक्षक पुडासैनीलाई कुटपिट गरेका हुन् । ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij