२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

कोरोना संक्रमितको संख्या घट्दै, आज कति थपिए ?

कोरोना संक्रमितको संख्या घट्दै, आज कति थपिए ?

गण्डकी टाइम्स
शनिवार, मंसिर २५ २०७८
गण्डकी टाइम्स
शनिवार, मंसिर २५ २०७८
  • काठमाडौं, २५ मंसिर । नेपालमा शनिबार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ६ सय ७२ पिसिआर परिक्षणका क्रममा १ सय ९४ जना र ३ हजार ५ सय ६ एन्टीजेन परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार ७ सय ५० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

    त्यस्तै थप ३ सय ७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ६ हजार ५ सय ४४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ८ सय ५३ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij