२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

महिला टी-२० विश्वकप छनोट : मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा

महिला टी-२० विश्वकप छनोट : मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा

गण्डकी टाइम्स
शुक्रवार, मंसिर १० २०७८
गण्डकी टाइम्स
शुक्रवार, मंसिर १० २०७८
  • काठमाडौं । आईसीसी महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा शुक्रबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । लगातार तेस्रो जितपछि ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लेको छ । युएई समान अंक भएपनि नेट रनरेटमा अघि रहँदै नेपाल शीर्ष स्थानमा उक्लेको हो। युएईले आजै कुवेतसँग खेल्दैछ ।

    दुबईस्थित आइसीसी एकेडेमी मैदानमा भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो।

    नेपालको लागी सीता राना मगरले ३०, कप्तान रुबिना क्षेत्रीले २० र कविता कुँवरले १० रन बनाए । सरिता मगरले अवपजित १५ रन जोडिन् । नेपालका ३ खेलाडी रनआउटको शिकार हुँदा मलेसियाका अईसा एलिसाले १ विकेट लिइन् ।

    त्यसअघि नेपालले टस जितेर बलिङ रोज्दै मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो । जसमा मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो।

    मलेसियाका लागि एल्सा हन्टरले अविजित रहँदै सर्वाधिक ३९ रन बनाइन्। नेपालका लागि सबनम राईले २ तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले समान १ विकेट लिए ।

    नेपालले अब युएईसँग खेल्न बाँकी छ । पहिलो खेलमै हङकङसँग पराजित भएको नेपालले त्यसयता भुटान र कुवेतलाई सहजै पराजित गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij