२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल

‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल

गण्डकी टाइम्स
बिहिवार, मंसिर २ २०७८
गण्डकी टाइम्स
बिहिवार, मंसिर २ २०७८
  • काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ ।

    दोहामा हुने तेस्रो खेल दिउँसो ३ः४५ बजे सुरू हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला ‘क्लिन स्विप गर्ने दाउमा हुनेछ ।

    तीन खेलको शृंखला नेपालले यसअघि नै २–० ले जितिसकेको छ । नेपाल तेस्रो खेलसमेत जित्दै शृंखला ३–० ले जित्न चाहन्छ । पहिलो खेलमा कतारलाई ११९ रन तथा दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो ।

    आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी शृंखला खेलेको हो । यसपछि नेपाली टोली संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ । विश्वकप छनोट भने २२–२८ नोभेम्बरमा दुबईमा आयोजना हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij