२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

महिला क्रिकेट टोली कतार प्रस्थान

महिला क्रिकेट टोली कतार प्रस्थान

गण्डकी टाइम्स
शनिवार, कार्तिक २७ २०७८
गण्डकी टाइम्स
शनिवार, कार्तिक २७ २०७८
  • काठमाडौँ । कतारसँग हुने तीन टी–२० श्रृखंलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान गरेको छ । नेपाली टोलीले आइतबार बिहान कतारको उडान भरेको हो । २२ देखि २८ नोभेम्बरसम्म हुने आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसियाली छनोट तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग तीन टी–२० श्रृंखला खेल्नेछ । छनोट दुबईमा हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरिसकेको छ । नेपाली टिम कतारबाट १९ नोभेम्बरमा दुबई प्रस्थान गर्नेछ । यसअघि नेपालले बंगलादेश पुगेर स्थानिय क्लबसँग तीन मैत्रीपूर्ण श्रृंखला खेलेको थियो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपको लागि नेपालसहित ६ मुलुकले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ देश सहभागी छन् । नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । ७ मंसिरमा भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले ९ मंसिरमा कुवेत, १० मंसिरमा मलेसिया र १२ मंसिरमा युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोली रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij