२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ए डिभिजन लिग : टिकट दर १०० र ५०० रुपैयाँ

ए डिभिजन लिग : टिकट दर १०० र ५०० रुपैयाँ

गण्डकी टाइम्स
शुक्रवार, कार्तिक २६ २०७८
गण्डकी टाइम्स
शुक्रवार, कार्तिक २६ २०७८
  • काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ मंसिरदेखि सुरू हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । लिग पहिलो पटक फ्लड लाइटमा हुने एन्फाले जनाएको छ । यस्तै एन्फाले टिकट दरसमेत घोषणा गरेको छ । एन्फाले लिगको साधारणतर्फको १०० र भिआइपीतर्फको ५०० रुपैयाँ टिकट दर निर्धारण गरेको महासचिव इन्द्रमान तुलाधरले जनाए । एन्फाले पहिलो पटक लिगमा दर्शकलाई मध्यनजर गर्दै रिफ्रेसमेन्ट सुविधाको घोषणा गरेको छ । अब एन्फाले खेल हेर्दा कफी, चिया, बर्गरलगायतका सुविधाहरू रहेको लिग निर्देशक सन्जिव मिश्रले जानकारी दिए । एन्फाले लिगको केही खेल पोखरामा समेत गर्ने र प्रत्येक शुक्रबार र शनिबारका खेल फ्लड लाइटमा हुनेसमेत बताएको छ । लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा फुटबल क्लब, सातदोबाटो फुटबल क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब, थ्री स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्डस फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब गरी १४ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा लिग तालिकाको पुछारमा रहने दुई टोली रेलिगेशमा पर्नेछन् । लिगको उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्डस् फुटबल क्लबबीच हुने तालिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij