न्युजिल्यान्ड पहिलोपटक टी-२० विश्वकपको फाइनलमा
न्युजिल्यान्ड पहिलोपटक टी-२० विश्वकपको फाइनलमा
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ । इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलोपटक आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो ।
जितका लागि १६७ रनको लक्ष्य पाएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेल सर्बाधिक ७२ रनमा अविजित रहे । इंग्ल्यान्डका लियाम लिभिङस्टोन र क्रिस वोक्सले २–२ विकेट लिए ।
यसअघि अबुधाबीमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो ।
इंग्ल्यान्डका मोइन अलीले सर्वाधिक ५१ रनमा अविजित रहे । न्युजिल्यान्डका इश सोधी, एडम मिल्ने, टिम साउथी र जेम्श निसमले समान १ विकेट लिए ।
दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुने छ । जसको विजेताले न्युजिल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।
प्रतिक्रिया