२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

विराट कोहलीको टी–२० कप्तानको रूपमा आज अन्तिम खेल

विराट कोहलीको टी–२० कप्तानको रूपमा आज अन्तिम खेल

गण्डकी टाइम्स
आइतवार, कार्तिक २१ २०७८
गण्डकी टाइम्स
आइतवार, कार्तिक २१ २०७८
  • काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२१ भारतका लागि सुखद रहेन । आइतबार अफगानिस्तानमाथि न्यूजिल्यान्डको जितसँगै भारत टी–२० विश्वकपबाट बाहिरिएको छ। भारत र नामिबियाबीच आज सोमबार हुने खेल विराट कोहलीको टी–२० कप्तानको रूपमा अन्तिम खेल हुनेछ ।

    कोहलीले यसअघि नै टी–२० विश्वकप २०२१ पछि टी–२० कप्तानबाट राजीनामा दिने घोषणा गरेका थिए । यस पटक भारत पहिलो पटक विश्वकप (टी–२० र वानडे)मा पाकिस्तानसँग पराजित भयो।

    कोहलीले आगामी दिनमा एकदिवसीय क्रिकेटको कप्तानी पनि गुमाउनु पर्ने हुनसक्छ। २०२३ को एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै, बीसीसीआईले टीम इण्डियाका लागि नयाँ कप्तानको खोजी गर्नेछ, जसले विश्वकप जित्न सक्छ ।

    २०२३ को एकदिवसीय विश्वकपमा कोहली ३४–३५ वर्षको हुनेछन्। अब भारतको कप्तान को होला ? भन्ने जिज्ञासा बढेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij