२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

गण्डकी टाइम्स
आइतवार, कार्तिक १४ २०७८
गण्डकी टाइम्स
आइतवार, कार्तिक १४ २०७८
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्नका लागि ६० जनाले आवेदन दिएका छन् । गत सेप्टेम्बरमा डेभ वाटमोरले अप्रत्यासित रुपमा पदबाट राजीनामा दिएछि रिक्त पदका लागि नेपाल क्रिकेट संघले आवेदन खुल्ला गरेको थियो ।

    त्यसका लागि विश्वभरबाट कुल ६० जनाले नेपालको प्रशिक्षक बन्नका लागि आवेदन दिएको क्यानले जनाएका छन् ।

    क्यानले सोमबार बिहान विज्ञप्ति जारी गर्दै ६० जनाको आवेदन प्राप्त भएको जनाएको छ । साथै आवेदकमध्येबाट सर्टलिस्ट छनोट गरेर छिटै अन्तर्वार्ता लिने पनि क्यानले जनाएको छ ।

    ‘राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदको लागि ६० जनाको आवेदन प्राप्त भएको छ । क्यानले गठन गरेको छनोट समितिले केही दिनभित्रै सर्टलिस्टेड आवेदकहरूको अन्तर्वार्ता लिनेछ,’ क्यानले विज्ञप्तीमा जनाएको छ ।

    गत पुस नेपालको प्रशिक्षक नियुक्त भएका वाटमोरले आफ्नो समय बाँकी छँदै पारिवारिक कारण भन्दै क्यानसमक्ष राजीनामा दिएपछि नेपाल प्रशिक्षकविहीन बनेको थियो ।

    वाटमोरको प्रशिक्षणमा नेपालल ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेलेको थियो । त्यसयता नेपाली टिमले प्रशिक्षण पनि गरेको छैन ।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij