२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

यू-२३ एसियन कप छनोट : नेपालले आज लेबनानसँग खेल्दै

यू-२३ एसियन कप छनोट : नेपालले आज लेबनानसँग खेल्दै

गण्डकी टाइम्स
शनिवार, कार्तिक १३ २०७८
गण्डकी टाइम्स
शनिवार, कार्तिक १३ २०७८
  • काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानमा भइरहेको छनोट अन्तर्गत नेपाल र लेबनानबीचको खेल डुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ स् ४५ बजे सुरु हुनेछ ।

    यसअघिका दुवै खेलमा पराजित नेपाल लेबनानविरुद्ध राम्रो नतिजासहित सुखद अन्त्य गर्न चाहन्छ । नेपाल यसअघि इरानसँग ४ – ० र ताजिकिस्तानसँग ६-० ले पराजित हुँदै छनोटबाटै बाहिरिसकेको छ । लेबनान पनि यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । त्यसैले दुवै टोलीका लागि यो प्रतिष्ठाको लडाइसमेत हुनेछ । नेपाल र लेबनान अंकविहीन छन् । ताजिकिस्तान र इरान समान ६ अंक जोडेर पहिलो र दोस्रो स्थानमा छ । यी दुई टोलीबीचको खेल पनि आजै हुँदैछ । जित्ने टिम अर्को वर्ष हुने यू-२३ एसिया कपमा छनोट हुनेछ ।

    छनोटमा रहेका ११ समूहका विजेता र उत्कृष्ट चार उपविजेता यू-२३ एसिया कपमा छनोट हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij