२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पहिलो हाफमा नेपाल र भारतको बराबरी

पहिलो हाफमा नेपाल र भारतको बराबरी

गण्डकी टाइम्स
शनिवार, आश्विन ३० २०७८
गण्डकी टाइम्स
शनिवार, आश्विन ३० २०७८
  • काठमाडौं, ३० असोज । दक्षिण एसियाली फुटबल(साफ)च्याम्पियनसिपको फाइनल खेलको पहिलो नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन्। नेपाल पहिलोपल्ट साफको फाइनल खेलिरहेको छ। दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा हालसम्म ५ पटकसम्म सेमिफाइनलमा पुगेपनि नेपालले फाइनलमा स्थान बनाउन सकेको थिएन। सन् २०१८ मा भएको साफको सेमिफाइनमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित हुँदै बाहिरिएको थियो। त्यसअघि सन् १९९९, १९९५, २०११ र २०१३ मा नेपाल सेमिफाइनलबाट अघि बढ्न सकेन। साफमा भारत सर्वाधिक सफल टोली हो। भारतले हालसम्म ७ पटक साफको उपाधि जितिसकेको छ। माल्दिभ्सले दुई, बगंलादेश, श्रीलंका र अफगानिस्तानले एक–एक पटक साफको उपाधि जितेका छन्। साफ च्याम्पियनसिपमा नेपाल र भारत हालसम्म ७ पटक आमने सामने भएका छन्। ६ पल्ट नतिजा भारतको पक्षमा हुँदा २०१३ को साफमा भने नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। समग्रमा नेपाल र भारतबीच अहिलेसम्म २२ खेल भएको छ। जसमा भारतले १५ खेलमा जित जित्दा नेपालले २ खेलमा मात्रै जितेको छ। नेपालले भारतलाई सन् २०१३ को साफ र १९९३ को बगंलादेशको ढाकामा भएको प्रतियोगितामा हराएको थियो। यी दुई टोलबीचका ५ खेल भने बराबरीमा सकिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij