२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रशिक्षक अलमुताइरी निलम्बित, भने : यो मलाई होइन, नेपाली फुटबललाई कारबाही हो’

प्रशिक्षक अलमुताइरी निलम्बित, भने : यो मलाई होइन, नेपाली फुटबललाई कारबाही हो’

गण्डकी टाइम्स
शनिवार, आश्विन ३० २०७८
गण्डकी टाइम्स
शनिवार, आश्विन ३० २०७८
  • काठमाडौं, ३० असोज । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ च्याम्पियनसिपको फाइनल खेलमा निलम्बित भएका छन् । यसअघिका श्रीलंका र बंगलादेशविरुद्ध चौथो र नवाैँ खेलमा दुईवटा पहेँलो कार्ड पाएको भन्दै अलमुताइरी फाइनल खेलका लागि निलम्बित भएको साफले जनाएको छ । अलमुताइरीले भने साफले आफूमाथि व्यक्तिगत रिसिइबी साँधेको आरोप लगाएका छन् । ‘मलाई कारबाही गर्न कै लागि नियम परिवर्तन गरियो । यो निष्पक्ष र न्यायपूर्ण देखिएन,’ उनले भने, ‘यो मलाई होइन, नेपाली फुटबललाई कारबाही हो ।’ साफको नियमावलीमा दुईवटा पहेँलो कार्ड पाएका खेलाडीमाथि मात्र अर्को खेलमा निलम्बन हुने नियम रहेको उनको तर्क छ । यो नियम अफिसियलको हकमा रातो कार्ड खाएको अवस्थामा लागू हुने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij