२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

साफ च्याम्पियनसिपको उपाधि भिडन्त आज, नेपाललाई इतिहास रच्ने अवसर

साफ च्याम्पियनसिपको उपाधि भिडन्त आज, नेपाललाई इतिहास रच्ने अवसर

गण्डकी टाइम्स
शुक्रवार, आश्विन २९ २०७८
गण्डकी टाइम्स
शुक्रवार, आश्विन २९ २०७८
  • काठमाडौं, ३० असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को उपाधिको लागि आज नेपाल र भारत भिड्ने भएका छन् । मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । आज दुवै टिम उपाधि जित्ने दाउमा छन् । भारतले हालसम्म ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ भने नेपाल पहिलोपटक उपाधि होडमा पुगेको हो । भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा पुर्णरुपमा हाबी रहेकाे भारतले नेपालविरुद्ध १५ खेलमा जित हात पारेकाे छ भने ५ खेल बराबरी खेलेकाे छ । दुई खेलमा भने नेपाल विजयी भएकाे छ । यसै प्रतियाेगिताकाे लिग चरण‍काे खेलमा पनि भारतसँग नेपाल १-० ले स्तब्ध बनेकाे थियाे । नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोलीबीच २८ वर्षपछि फाइनल खेल तय भएको हो । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले बाजी मारेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij