२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल पहिलो पटक साफको फाइनलमा

नेपाल पहिलो पटक साफको फाइनलमा

गण्डकी टाइम्स
बुधवार, आश्विन २७ २०७८
गण्डकी टाइम्स
बुधवार, आश्विन २७ २०७८
  • काठमाडौं, २७ असोज । नेपाल साफ च्याम्पियनसिप २०२१ मा फाइनल प्रवेश गरेको छ । बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्। बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध नवौं मिनेटमा गोल गरेका थिए। बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको माल्दिभ्सको ६ अंक र तेस्रो स्थानमा भारतको ५ अंक छ। अहिले राति ९:४५ बजे भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ। फाइनलमा पुग्न माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जीत चाहिन्छ। यो खेलको नतिजापछि नेपालले फाइनलमा भिड्ने टिमको टुंगो लाग्नेछ। नेपालले यसअघि खेलेका १२ संस्करणमा फाइनलमा स्थान बनाउन सकेको थिएन। त्यसैले नेपाली फुटबलका लागि यो ऐतिहासिक सफलता हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij