२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

टी–२० लिगका लागि भारतीय कम्पनीसँग भएको विवादास्पद सम्झौता रद्द

टी–२० लिगका लागि भारतीय कम्पनीसँग भएको विवादास्पद सम्झौता रद्द

गण्डकी टाइम्स
बिहिवार, आश्विन २१ २०७८
गण्डकी टाइम्स
बिहिवार, आश्विन २१ २०७८
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग गरेको विवादास्पद सम्झौता रद्द गर्ने भएको छ ।

    २० र २१ गते बसेको क्यान केन्द्रीय कार्यसमितिको बैठकले सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौता रद्द प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

    क्यानले गत वर्ष १० वर्षका लागि नेपाल टी–२० लिग गर्न सेभेन थ्री स्पोर्ट्ससँग करिव ४२ करोडको प्रारम्भिक सम्झौता गरेको थियो । २०७७ मंसिरमा क्यानको साधारणसभामा सम्झौता अनुमोदनको प्रस्ताव आएपछि विवाद भयो ।

    चुक्ता पुँजी एक करोड भारु मात्र भएको र हालसम्म एउटा पनि ठूला प्रतियोगिता नगराएको भारतीय कम्पनीलाई नेपाल टी–२० लिगको सम्पूर्ण अधिकार दिन खोजिएको भन्दै विरोध भएको थियो ।

    सरकारले पनि सम्झौता कार्यान्वयनका लागि अनुमति नदिएको र सेभेन थ्री स्पोर्ट्सले पनि अनुमति पाउनुपूर्व गर्नुपर्ने कामहरु नगरेकाले सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाइएको क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij