२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ईपीएल: पोखरालाई हराउँदै चितवन फाइनलमा

ईपीएल: पोखरालाई हराउँदै चितवन फाइनलमा

गण्डकी टाइम्स
बुधवार, आश्विन २० २०७८
गण्डकी टाइम्स
बुधवार, आश्विन २० २०७८
  • काठमाडौं । पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ । स्पीनरद्वय सागर ढकाल र शाहब आलम अनी मोहम्मद शाहाजदले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले सहज जित हात पारेको हो । शाहब र सागरले ४-४ विकेट लिँदा शाहाजदले अविजित रन बनाए ।

    बुधबार भएको पहिलो क्वालिफायरमा पोखराले दिएको ६७ रनको सामान्य लक्ष्य चितवनले ७.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

    चितवनको लागि ओपनर मोहम्मद शाहाजदले ४८ रन बनाए । जितका लागि ४ रन चाहिएको बेला ठूलो सट खेल्ने धुनमा शाहजाद नन्दन यादवको बलमा कट एण्ड बोल्ड भए । उनले २६ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे ।

    यस्तै पहिलो खेल खेलेका हासिम अन्सारीले १७ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित १३ रन बनाए । करिम जन्नमले अविजित ४ रन जोडे । उनले एक बल खेल्दै विजयी चौका प्रहार गरे । पोखराका नन्दन यादवले १ विकेट लिए ।

    पहिलो क्वालिफायरमा पराजित भएपनि पोखरालाई फाइनल पुग्न अर्को मौका भने हुनेछ । आजै हुने भैरहवा ग्लाडिएटर्स र काठमाडौं किंग्स ११ बीच हुने एलिमिनेटरको खेलको विजेतासँग पोखराले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ । त्यसअघि सागर र शाहबले ४-४ विकेट लिएपछि टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरभित्रै ६६ रनमा अलआउट भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij