२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकको थप ७ शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकको थप ७ शाखा विस्तार

गण्डकी टाइम्स
मंगलवार, आश्विन १९ २०७८
गण्डकी टाइम्स
मंगलवार, आश्विन १९ २०७८
  • काठमाडौं, १९ असोज । राष्ट्रिय वाणिज्य बैंकले थप ७ नयाँ शाखा कार्यालयहरू विस्तार गरेको छ ।

    बागमती प्रदेश अन्तर्गत काठामाडौँको चन्द्रागिरिस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुरको गोदावरीस्थित शाखा कार्यालय ठैव, भक्तपुरको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवनको बरुवाबजारस्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोकको सदरमुकाम साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारामा बैंकले शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।

    यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठानको सदरमुकाम मल्लरानीस्थित शाखा कार्यालय प्युठानमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।

    योसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५४ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरूको वित्तीय पहुँचमा थप सघाउ पुगि आधुनिक बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरेका छन ।

    बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ सेवा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij