काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा प्लेअफ पुग्ने चार टिमको टुंगो लागेको छ । भैरहवा ग्लाडियटर्स र काठमाडौँ किंग्स इलावेनबीचको खेल आउट फिल्ट चिसो हुँदा स्थगित भएको छ । जसले गर्दा खेल नभएपछि दुवै टिमले १–१ अंक लिएका छन् ।
यसअघि पनि भैरहवा ग्लाडियटर्स र काठमाडौँ किंग्स इलावेनबीचको खेल वर्षाका कारण स्थगित भएपछि दुवै टिमले १–१ अंक लिएका थिए । आजको खेलमा काठमाडौँलाई जित्नै पर्ने दबाब थियो । यदि आजको खेलमा काठमाडौँ पराजय भएको भए प्लेअफमा ललितपुर पुग्ने थियो ।
आज दुवै टिमले अंक बाँडेपछि यसको घाटा डिफेन्डिङ च्याम्पियन ललितपुरले व्यहोरेको छ । ललितपुर र काठमाडौँको समान ३ अंक भए पनि रनरेटका आधारमा काठमाडौं प्लेअफमा पुग्न सफल भयो ।
प्रतियोगिताअन्तर्गत भोलि पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने छ । खेल बिहान साढे ९ बजे सुरु हुने छ । यसैगरी दिउँसो साढे १ बजे भैरहवा ग्लाडिटर्स र काठमाडौँ किंग्स इलावेनबीच प्रतिस्पर्धा हुने छ ।
काठमाडौँ र भैरहवाबीचको विजेताले फाइनल प्रवेश गर्न बिहीबार चितवन र पोखराबीचको खेलमा पराजित हुने टिमसँग खेल्ने छ । इपिएलको फाइनल खेल शनिबार हुने छ ।