२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आज ईपीएलका २ खेल हुँदै

आज ईपीएलका २ खेल हुँदै

गण्डकी टाइम्स
शनिवार, आश्विन १६ २०७८
गण्डकी टाइम्स
शनिवार, आश्विन १६ २०७८
  • काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदै छन् ।

    आजको पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगर वारियर्स र काठमाडौं किंग्स-११ बीच बिहान साढे ९ बजेदेखि हुँदै छ ।

    दोस्रो खेल दिउँसो साढे १ बजे चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सबीच हुनेछ ।

    खराब मौसमका कारण यसअघि ईपीएलका केही खेलहरु प्रभावित हुँदै आएका छन् ।

    हालसम्म भएका खेलको नतिजाअनुसार तीन खेल खेलेके चितवन शतप्रतिशत जितबाट ६ अंक जोडेर पहिलो स्थानमा छ । चार खेल खेलेको ललितपुर चौथो, दुई खेल खेलेको काठमाडौं पाँचौ र ४ खेल खेलेको विराटनगर छैटौं स्थानमा रहेको छ । विराटनगरले एक खेल पनि जितेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij