२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

गण्डकी टाइम्स
शनिवार, आश्विन १६ २०७८
गण्डकी टाइम्स
शनिवार, आश्विन १६ २०७८
  • काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

    साफ च्याम्पियनसिप अन्तर्गतको गएराती भएको खेलमा नेपालले माल्दिभ्समाथि १ शुन्य गोल अन्तरको ऐतिहासिक जित निकालेको हो ।

    पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिष डाँगीले खेलको ८६औं मिनेटमा उत्कृष्ट गोल गरेपछि माल्दिभ्स पराजित भएको हो ।

    यो जितसंगै नेपालले तीन अंक जोडेको छ । खेलको ५९औं मिनेटमा इब्राहिम हसनको हेडलाई गोलकिपर किरण लिम्बूले उत्कृष्ट बचाउ गरे ।

    मालेस्थित नेसनल स्टेडियममा भएको प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १ शुन्य गोल अन्तरले हराइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij