२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

साफ च्याम्पियनसीप : आयोजक माल्दिभ्ससँग खेल्दै नेपाल

साफ च्याम्पियनसीप : आयोजक माल्दिभ्ससँग खेल्दै नेपाल

गण्डकी टाइम्स
बिहिवार, आश्विन १४ २०७८
गण्डकी टाइम्स
बिहिवार, आश्विन १४ २०७८
  • काठमाडौँ । आयोजक माल्दिभ्ससँग खेल्दै नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीले साफ च्याम्पियनसीपको सुरुवात गर्दै छ । मालेमा आजदेखि सुरु हुने १३औँ संस्करणको साफको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार साझको ९ः४५ बजे सुरु हुने छ ।

    यसअघि उद्घाटन खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ । यसपटक प्रतियोगितामा पाकिस्तान र भुटान सहभागी हुने छैनन् । जसमा कारण ५ देश सम्मिलित प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा आयोजना हुने छ ।

    नेपाल पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छ । यता, साविक विजेता माल्दिभ्स समेत नेपाललाई पराजित गर्दै घरेलु दर्शकमाझ प्रतियोगितामा बलियो उपस्थित देखाउन चाहन्छ । नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले खेल अघि बोल्दै टोलीमा युवा र अनुभवी खेलाडीको तालमेल राम्रो रहेको र घरेलु दर्शक माझ माल्दिभ्सलाई चुनौती दिन तयार रहेको बताएका छन् ।

    प्रतियोगिताको १३औँ संस्करण आइपुग्दा नेपालले हालसम्म उपाधि हात पार्न सकेको छैन । यति मात्रै हैन नेपाली टोली हालसम्म फाइनल समेत पुगेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij