२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ईपीएल: चितवनको लगातार दोस्रो जित

ईपीएल: चितवनको लगातार दोस्रो जित

गण्डकी टाइम्स
बिहिवार, आश्विन १४ २०७८
गण्डकी टाइम्स
बिहिवार, आश्विन १४ २०७८
  • काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले लगातार दोस्रो जित हात पारेको छ ।

    बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा चितवनले काठमाडौं किङ्ग्स ११ लाई ३ विकेटले हराएको हो । काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले अन्तिम ८ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

    उसका लागि राजेश पुलामीले २६, दिलिपनाथ र कमल सिंह ऐरीले २३/२३ रन बनाए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १४१ रनज बनाएको थियो । उसका लागि सुवास खकुरेलले ३५, राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाएका थिए ।

    चितवनका सागर ढकालले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij