२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल र ओमानबीचको मैत्रीपूर्ण फुटबल खेल आज

नेपाल र ओमानबीचको मैत्रीपूर्ण फुटबल खेल आज

गण्डकी टाइम्स
शनिवार, आश्विन ९ २०७८
गण्डकी टाइम्स
शनिवार, आश्विन ९ २०७८
  • काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका लागि हाल कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

    नेपाल र ओमानबीचको खेल कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा हुनेछ । खेल स्थानिय समय अनुसार बेलुका ७ बजे (नेपाली समय अनुसार राति ९:४५ बजे) सुरु हुनेछ ।

    माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग खेल्न लागेको हो । नेपाली टोली कतारबाटै सोमबार माल्दिभ्स जानेछ ।

    नेपालले यसअघि घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।

    साफ च्याम्पियनसिपको १३औं संस्करण आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गते) सम्म माल्दिभ्समा आयोजना हुनेछ ।

    नेपालले पहिलो दिनै आयोजक माल्दिभ्ससँग खेल्नेछ ।

    यस पटक साफमा ५ टिम मात्र सहभागि छन् । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई टिमबीच अक्टोबर १६ (असोज ३०) मा फाइनल खेल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij