२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ईपीएल : काठमाडौंको विजयी सुरुवात

ईपीएल : काठमाडौंको विजयी सुरुवात

गण्डकी टाइम्स
शनिवार, आश्विन ९ २०७८
गण्डकी टाइम्स
शनिवार, आश्विन ९ २०७८
  • काठमाडौं । बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर राएल बर्लको उत्कृष्ट प्रदर्शनमा काठमाडौं किंस ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलमा विजयी सुरुवात गरेको छ ।

    ईपीएल अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

    काठमाडौंको जितमा जिम्बाव्वेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । यस्तै अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए । राजु रिजाल १९ रनमा अविजित रहे ।

    १५६ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंको सुरुवात पनि राम्रो हुन सकेन ।ओपनर सुबास खकुरेल पहिलो ओभरमा खाता नखोली रनआउट भए भने अमित श्रेष्ठ दोस्रो ओभरमा ४ रन बनाएर रनआउट हुँदा काठमाडौंले १२ रनमै २ विकेट गुमाएको थियो ।

    तर अर्का ओपनर रहमानुल्लाह गुर्बाजले एक छेउबाट आक्रमक ब्याटिङ गर्दै काठमाडौंको ईनिङ्स समहाले । उनलाई राएन बर्लले गतिलो साथ दिए । यी दुईले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । गुर्बाजले ३६ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ५९ रन बनाए ।

    ११ औं ओभरमा गुर्बाज आउट हुँदा काठमाडौंको स्कोर८८ थियो । त्यसपछि बराबरी बर्लले आक्रमक ब्याटिङ गर्दै २७ बलमै अर्धशतक बनाए ।

    बर्लले राजु रिजालसंग चौथो विकेटका लागि अविजित ७२ रनको साझेदारी गर्दै काठमाडौंलाई जितसम्म पुर्‍याए ।

    बर्लले ३४ बल खेल्दै ३ चौका र ७ छक्का मद्दतमा अविजित ७३ रन बनाए । बर्लले १५ औँ ओभरको दोस्रो बलमा ललितपुरका कप्तान कुशल भुर्तेललाई चौका प्रहार गर्दै काठमाडौंलाई जित दिलाए । राजुले १३ बल खेल्दै २ चौका मद्दतमा अविजित १९ रन बनाए ।

    ललितपुरका पवन सर्राफले १ विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पवन सर्राफको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको हो । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए ।

    खेलको पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेल आउट भएका थिए । त्यसै ओभरमा सन्दुन विराकोडी २ रन बनाएर आउट भए ।

    दोस्रने ओभरमा गुल्शन झा ले ओसादा फर्नान्डोलाई आउट गरेपछि ललितपुरले ७ रनमै ३ विकेट गुमायो ।

    त्यसपछि शंकर राना र पवन सर्राफले ललितपुरको ईनिङ्स सम्हाले । यी दुईले तेस्रने विकेटका लागि ५६ रनको साझ्दारी गरे ।

    शंकर राना १४ रन बनाएर १० औं ओभरमा आउट भए ।

    त्यसपछि पवन र योगेन्द्र सपंह कार्क्कीले पाँचौ विकेटका लागि ६२ रनको साझेदारी गरे ।

    दुवैलाई काठमाडौंका राएन बर्लले १७ औं ओभरमा आउट गरे । पवनले ४४ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा ६१ रन बनाए । योगेन्द्रले २० बल खेल्दै ३ छक्का मद्दतमा ३३ रन जोडे ।

    पहिलो पटक विदेशी लिग खेल्ने भुटानी खेलाडी बनेका रन्जुग मिक्यो दोर्जीले अविजित १७ रन जोडे ।

    काठमाडौंका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । राएन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुल्शन झा ले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए ।

    कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४रन खर्चिएपनि विकेट लिन सकेनन् । यस्तै पाकिस्तानका शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए भने विकेट लिन सकेनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij