२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पारस र दिपेन्द्रले इपीएल नखेल्ने

पारस र दिपेन्द्रले इपीएल नखेल्ने

गण्डकी टाइम्स
मंगलवार, आश्विन ५ २०७८
गण्डकी टाइम्स
मंगलवार, आश्विन ५ २०७८
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र वर्तमान टिमका उप-कप्तान दिपेन्द्र सिंह ऐरीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् ।

    यही असोज ९ गतेदेखि सुरु हुने ईपीएलका लागि आयोजक ईपीएल प्रालिले मंगलबार सार्वजनिक गरेको ६ वटै ईपीएल खेल्ने टिमको खेलाडी सूचीमा पारस छैनन् । पारसले यसअघि विराटनगर वारियर्सबाट खेल्दै आएका थिए । पारसकै कप्तानीमा विराटनगरले २०१७ मा ईपीएल उपाधि जितेको थिए ।

    पारसले दुई महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर घरेलु क्रिकेट भने खेल्ने संकेत गरेका थिए । यद्यपि, उनले इपीएल नखेल्ने भएका छन् ।

    यस्तै काठमाडौं किंग्स एघारमा अनुबन्ध भएका नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि ईपीएल नखेल्ने भएका छन् । नेपाली राष्ट्रिय टिमसँग ओमान भ्रमणका क्रममा दिपेन्द्र घाइते भएका थिए । उनले ओमान टुरमा नेपालको सबै खेल गुमाएका थिए ।

    चोटका कारण केही हप्ता विश्राम गर्नुपर्ने भएकोले दिपेन्द्रले ईपीएल नखेल्ने भएका हुन् ।

    यसैगरी विराटनगर वारियर्सबाटै खेल्दै आएका स्पीनर बस्नेत रेग्मीले पनि इपीएल नखेल्ने भएका छन् । बसन्तसँगै अमेरिकामा माइनर क्रिकेट लिग खेलेका पृथु बास्कोटा पनि ईपीएल खेल्ने सूचीमा छैनन् । पर्थ पोखरा राइनोजमा अनुबन्ध भएका थिए ।

    चौथो संस्करणको ईपीएल आगामी शनिबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता लतिपुर प्याट्रिओट्सले काठमाडौं किंग्स ११ सँग खेल्नेछ । फाइनल खेल असोज २३ गते हुनेछ ।

    इपीएलको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउनेछ । यस पटक इपीएलको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको हो । इपीएलमा ललितपुर र काठमाडौंसहित विराटनगर वारियर्स, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

    यस पटक ईपीएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, बंगलादेशका सफल ब्याट्सम्यान तमिम इकबाल, श्रीलंकाका पूर्व कप्तान तथा ओपनर उपु थरंगा र अहिलेका राष्ट्रिय टिमका खेलाडी असेला गुनरत्ने, वेस्ट इन्डिजका केसरिक विलियम्स र हेमराज चन्द्रपल, जिम्बाव्वेका सिकन्दर राजा, अफगानिस्तानका मोहम्मद साहाजादर रहमानुलल्ह गुर्बाज जस्ता खेलाडीले खेल्दैछन् ।

    इपीएलले सार्वजनिक गरेको ६ वटै टिमको खेलाडीहरु यस प्रकार छन् । टिममा केही खेलाडी परिवर्तन हुन सक्ने समेत जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij