२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

गण्डकी टाइम्स
सोमवार, आश्विन ४ २०७८
गण्डकी टाइम्स
सोमवार, आश्विन ४ २०७८
  • काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू खेल्न ओमान गएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ । आज बिहान करिब साढे ७ बजे १७ खेलाडीसहित २० जनाको टोली त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको थियो ।

    खेलाडीहरु स्वदेश फर्किए पनि प्रशिक्षक डेभ वाटमोर र ट्रेनर भने ओमानबाटै भारत गएका छन् । ‌

    ओमान रहँदा अमेरिका र आयोजक ओमानसँग दुई/दुई खेल खेलेको नेपालले दुवै टोलीसँग एक/एक खेल जितेको थियो भने एकरएक खेलमा हारेको छ ।

    लिग टू मा नेपाल ८ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा छ। ८ खेलबाट नेपालले ४ जित र ४ हारको नतिजासहित ८ अंक नै जोडेको हो । नामिबिया समान ८ अंक भए पनि नेपाल रनरेटमा अघि रहेको छ ।

    ओमान १३ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १५ खेल खेलिसकेको अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ । यस्तै स्कटल्याण्ड ८ खेलबाट ९ अंकसहित तेस्रो स्थानमा छ ।

    लिग टू मा ७ वटै टिमले ९ सिरिजसहित ३६ खेल खेल्नेछ । नेपालले ओमान टुरपछि अझै लिग टू मा ७ सिरिज खेल्न बाँकी छ ।

    फोटो : एनएसजेएफ

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij