२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले आज ओमानसँग खेल्दै

नेपालले आज ओमानसँग खेल्दै

गण्डकी टाइम्स
आइतवार, आश्विन ३ २०७८
गण्डकी टाइम्स
आइतवार, आश्विन ३ २०७८
  • काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र ओमानविरुद्धको सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ। दिउँसो सवा चार बजे नेपालले घरेलु टिम ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

    ओमानमा भइरहेको सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ। तीन मध्ये नेपाल दुई खेलमा पराजित भइसकेको छ।

    पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपालले अमेरिकालाई ४ विकेटले नतिजा सुम्पियो।

    लिग-२ मा नेपालले ओमानसँग खेलेका पछिल्ला तीन खेलमा पराजय भागेको छ। पछिल्ला खेलमा ब्याटिङमा समस्या देखिएको नेपालले त्यसलाई सुधार गर्ने लक्ष्य लिएको छ।

    लिग-२ को अंक तालिकामा नेपाल ७ खेलबाट ६ अंक जोड्दै छैटौं स्थानमा छ। नेपालले ७ मध्ये ४ खेलबाट हार र ३ खेलमा जित निकालेको छ।

    यता ओमान १२ खेबलाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १५ खेलबाट १४ अंक छ।

    खेल तालिका

    नेपाल भर्सेस अमेरिका – भदौ २८ – नेपाल ५ विकेटले विजयी

    ओमान भर्सेस नेपाल – भदौ २९ – ओमान ५ विकेटले विजयी

    ओमान भर्सेस अमेरिका – भदौ ३१ - ओमान ४ विकेटले विजयी

    नेपाल भर्सेस अमेरिका – असोज १- अमेरिका ६ विकेटले विजयी

    ओमान भर्सेस नेपाल – असोज ३

    ओमान भर्सेस अमेरिका – असोज ४

    सबै खेल सुरू हुने समय – दिउँसो ४:१५ बजे

    स्थान – अल अमिरत क्रिकेट रंगशाला, ओमान

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij