२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २-१ ले पराजित

दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २-१ ले पराजित

गण्डकी टाइम्स
आइतवार, भाद्र २० २०७८
गण्डकी टाइम्स
आइतवार, भाद्र २० २०७८
  • काठमाडौं, २० भदौ । भारतसंगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले हार बेहोरेको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालमाथि २–१ गोलको जित निकालेको हो। भारतको जितमा फारूख चौरधी र कप्तानी सुनिल क्षेत्रीले एक एक गोल गरे। नेपालका लागि तेज तामाङले गोल फर्काए। दोस्रो हाफमा मैदान छिरेका चौधरीले खेलको ६२ मिनेटमा गोल गरेका थिए। डिबक्सभित्र अनमार्क रहेका उनले सटिक फिनिसिङ गरेका थिए। ८० मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले अग्रता दोब्बर पारे। काउन्टर आक्रमणमा उनले सहज रूपमा गोल गरेका थिए । नेपालका लागि तेजले खेल सकिन तीन मिनेट बाँकी छँदा गोल फर्काए। उनले ८७ मिनेटमा डिबक्स बाहिरबाट सुन्दर गोल गरेका हुन्। खेलमा नेपालले पटक पटक गोल गर्ने अवसर खेर फालेको थियो। दुवै हाफमा मनिष डाँगीले गोल गर्न सकेनन्। पहिलो हाफमा डाँगीले डिबक्समा पास पाए पनि अल्मलिएका थिए। दोस्रो हाफमा डाँगीको प्रयास सफल हुन सकेन। उनले लामो पासमा सिक्सयार्डबाट हानेको प्रहार आउट भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij