२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

न्युजिल्यान्डमाथि बंगलादेशको रोमाञ्चक जित

न्युजिल्यान्डमाथि बंगलादेशको रोमाञ्चक जित

गण्डकी टाइम्स
शनिवार, भाद्र १९ २०७८
गण्डकी टाइम्स
शनिवार, भाद्र १९ २०७८
  • काठमाडौँ । न्युजिल्यान्डविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले चार रनको रोमाञ्चक विजय हासिल गरेको छ । घरेलु मैदान मिरपुरस्थित शेरे बंगला नेसनल रंगशालामा बंगलादेशले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

    बंगलादेशले ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । १ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो । बंगलादेशका मोहमुदुल्लाहबाहेक ओपनर मोहम्मद नाइमले उच्च स्कोर ३९ बनाए । यस्तै, लिटोन दासले ३३, विकेटकिपर नारुल हसनले १३ र साकिब अल हसनले १२ रन बनाए ।

    न्युजिल्यान्डका रचिन रविन्द्रले तीन विकेट लिँदा अजिज पटेल, कोले म्याककोन्ची र हमिश बेन्नेटको नाममा एक–एक विकेट रह्यो ।

    न्युजिल्यान्डका कप्तान टम लाथमले अविजित ६५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । विल योङले २२, म्याककोन्चीले अविजित १५ र रविन्द्रले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बंगलादेशका मेहदी हसन र साकिवले समान दुई विकेट लिए । नासुम अहमदले एक विकेट लिए । योसँगै टी–२० अन्तर्राष्ट्रिय शृंखलामा बंगलादेशले २–० को अग्रता लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij