२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै

आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै

गण्डकी टाइम्स
बुधवार, भाद्र ९ २०७८
गण्डकी टाइम्स
बुधवार, भाद्र ९ २०७८
  • काठमाडौं । आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै हुने भएको छ । आईसीसीले बुधबार अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट कोभिड-१९ का कारण रद्द भएको जनाएको छ ।

    छनोट रद्द भएपछि अमेरिका क्षेत्रबाट क्यानडा, एसियाबाट युएई र इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यु गिनी सिधै यु-१९ विश्वकपकमा छनोट भएका छन् ।

    आईसीसी डेभलपमेन्ट कमिटी र आईसीसी बोर्डले स्वीकृत गरेको गाईडलाइन्स अनुसार यी तीन छनोट आयोजना गर्न नसकिने आईसीसीले विज्ञप्तीमार्फत जनाएको छ । त्यसैले पछिल्लो ५ यु-१९ छनावट प्रतियोगितामा प्राप्त जितका आधारमा आईसीसीले तीन टपमलाई सोझै छनोट गरेको हो । यु-१९ विश्वकप अर्को वर्ष वेष्ट इन्डिजमा हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij