२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली भोलि ओमान जाने

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली भोलि ओमान जाने

गण्डकी टाइम्स
सोमवार, भाद्र ७ २०७८
गण्डकी टाइम्स
सोमवार, भाद्र ७ २०७८
  • काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोली मंगलबार ओमान प्रस्थान गर्दै छ । नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्लले ओमानमा घरेलु टिम र अमेरिकासँग खेल्ने निकै कठिन हुन सक्ने बताएका छन् ।

    टियु क्रिकेट मैदानमा त्रिकोणात्मक एकदिवसीय सिरिज अघिको अन्तिम अभ्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै मल्लले बलियो र अनुभवी टिमविरुद्ध नतिजा निकाल्न कठिन हुनसक्ने बताएका हुन् ।

    सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुने छ । ओमानले पछिल्लो समय धेरै राम्रो गरिरहेको र अमेरिका क्रिकेटको पावर हाउस बनेर आएको उनले बताएका छन । नेपालसँग अनुभव प्राप्त खेलाडी कम भएकाले गाह्रो हुन्छ जस्तो लागेको उनको भनाइ छ । ओमानमा गर्मी बढी रहेको र डे नाइट खेल्ने भएकाले पनि केहि कठिन हुने उनले बताएका छन ।

    सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्ने छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोरले सिरिजअघि पपुवा न्युगिनीसँग हुने खेल पनि महत्वपूर्ण रहेको बताएका छन ।

    लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij