२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मेस्सी र नेयमारबिना नै पीएसजीको लगातार तेस्रो जीत

मेस्सी र नेयमारबिना नै पीएसजीको लगातार तेस्रो जीत

गण्डकी टाइम्स
शुक्रवार, भाद्र ४ २०७८
गण्डकी टाइम्स
शुक्रवार, भाद्र ४ २०७८
  • एजेन्सी, ५ भदौ। लियोनेल मेस्सी र नेयमारबिना पनि पेरिस सेन्ट जर्मेनले ब्रेस्टलाई ४–२ गोलले पराजित गर्दै लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा पीएसजीको यो लगातार तेस्रो जीत हो । शुक्रबार राति भएको खेलमा एन्डर हरेरा र किलियान एम्बाप्पेले गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यमा फ्रांक होनोराटले ब्रेस्टका लागि एक गोल फर्काए । दोस्रो हाफको ७३ औँ मिनेटमा इड्रिसा गुइयेले पीएसजीलाई पुनः दुई गोलको अग्रता दिलाए । ८५ औँ मिनेटमा स्टिभ माउनीले ब्रेस्टका पुनः अर्को गोल फर्काए । तर, खेलको अन्तिम मिनेटमा एन्खेल डि मारियाले गोल गर्दै पीएसजीको जीत सुनिश्चित गरे । ६ पटकका बालोन डि’ओर विजेता मेस्सीले अझै पनि पीएसजीका लागि पहिलो खेल खेल्न बाँकी रहेको छ । उता, नेयमार पनि कोपा अमेरिकापछि ढिला टोलीसँग समावेश भएका कारण पीएसजीका लागि कुनै पनि खेलमा शुरुवात गरेका छनन् । नयाँ अनुबन्ध गरिएका सर्जियो रामोश पनि अझै खेल्नका लागि उपलब्ध छैनन् भने विश्वविजेता इटालियन टोलीका गोलकिपर जियानलुइजी डोनारुमा बेञ्चमा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij