२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पारालिम्पिक खेल्न नेपाली टिम आज जापान जाँदै

पारालिम्पिक खेल्न नेपाली टिम आज जापान जाँदै

गण्डकी टाइम्स
बिहिवार, भाद्र ३ २०७८
गण्डकी टाइम्स
बिहिवार, भाद्र ३ २०७८
  • काठमाडौं । जापानमा आयोजना हुने टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गर्दैछ । पारालिम्पिकमा सहभागिता जनाउन १ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली जापान जाने छन् । नेपाली टोली आज साँझ जापान प्रस्थान गर्ने तालिका रहेको छ ।

    मंगलबारबाट सुरु हुने पारालिम्पिकमा नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्दैछिन् । पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।

    पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, सरोज श्रेष्ठ सेफ दि मिसन, डा। दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी हुँदै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij