२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

जर्मन सुपर कपको उपाधि बार्यन म्युनिखले जिते

जर्मन सुपर कपको उपाधि बार्यन म्युनिखले जिते

गण्डकी टाइम्स
बुधवार, भाद्र २ २०७८
गण्डकी टाइम्स
बुधवार, भाद्र २ २०७८
  • काठमाडौं । रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बोरुसिया डर्टमण्डलाई पराजित गर्दै बार्यन म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । मंगलबार राति भएको फाइनलमा बार्यनले बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

    बार्यनका लागि थि एक गोल थोमस मुलरले गरे । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । खेलको ४१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा मुलरले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे ।

    ६४ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई ३-१ को जित दिलाए । बार्यनले नवौं पटक सुपर कपको उपाधि जितेको हो ।

    बुन्डेसलिगा च्याम्पियन र जर्मन कप विजेताले जर्मन सुपर कपमा प्रतिस्पर्धा गर्ने नियम रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij