२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

युइएफए सुपर कपको उपाधि चेल्सीले जित्यो

युइएफए सुपर कपको उपाधि चेल्सीले जित्यो

गण्डकी टाइम्स
बिहिवार, श्रावण २८ २०७८
गण्डकी टाइम्स
बिहिवार, श्रावण २८ २०७८
  • काठमाडौं । इंगलिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार बिहान सम्पन्न खेलमा स्पानिस क्लब भियारियललाई पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्दै लण्डन क्लब चेल्सी च्याम्पियन बनेको हो ।

    विन्डोरस पार्कमा भएको खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

    २७ औं मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले अग्रता लिएको थियो भने ७३ औं मिनेटमा जेरार्ड मोरेनोले भियारियालका लागि बराबरी गोल फर्काए ।

    वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका केपा अरिजाबालागाले भियारियालका कप्तान राउल अल्बिओलको अन्तिम प्रहार रोक्दै चेल्सीलाई जित दिलाए । त्यसअघि उनले अईसा मान्डीको प्रहार रोकेका थिए ।

    चेल्सीका काई हाभार्टको पहिलो पेनाल्टी नै भियारियलका गोलकिपर सर्जियो असेन्जोले बचाएका थिए । तर त्यसपछि चेल्सीका सबैले गोल गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij