ह्वात्तै घट्यो सुनचाँदीको मुल्य
ह्वात्तै घट्यो सुनचाँदीको मुल्य
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ७ जेठ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया