२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

साझा यातायातले ४० थान विद्युतीय बस खरिद गर्ने

साझा यातायातले ४० थान विद्युतीय बस खरिद गर्ने

गण्डकी टाइम्स
शुक्रवार, चैत्र १३ २०७७
गण्डकी टाइम्स
शुक्रवार, चैत्र १३ २०७७
  • काठमाडौं, १३ चैत । साझा यातायातले ४० थान विद्युतीय बस खरिद गर्ने भएको छ । सरकारले दिएको ३ अर्ब रुपैयाँबाट साझाले पहिलो चरणमा ४० थान विद्युतीय बस खरिद गर्न लागेको हो ।

    बस खरिदका लागि साझाले ग्लोबल टेन्डरको सूचना जारी गरेको छ । साझा यातायातले न्यूनतम बिड सेक्युरिटी शुल्क २ करोड १० लाख रुपैयाँ राख्दै सूचना जारी गरेको हो ।

    साझाले २०२१ को मे ८ सम्म समयसीमा राखेर टेन्डर आव्हान गरेको छ ।

    साझाले टेन्डरमा सहभागीको प्रस्ताव भने मे ९ मा खुला गर्ने जनाएको छ । सरकारले यसअघि साझालाई ३ सय वटा विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ फिर्ता माग्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij