काठमाडौं, १३ चैत । शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ६०० सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।